२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

नागरिकका आवश्यकता केन्द्रित बजेट बनाउन कांग्रेसको जोड

११ बैशाख, काठमान्डाैं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकका आवश्यकतालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्न सुझाव दिएका छन ।

कांग्रेस संसदीय दलको आज बसेको बैठकमा उनले मुलुकको विषयमा आर्थिक परिस्थितिमा आगामी बजेटमा समेट्नुपर्ने विषयका बारेमा पार्टीका तर्फबाट सुझाव दिन सांसदहरुलाई आग्रह गरेका थिए । नागरिकका आवश्यकता सम्बोधन हुने गरी आगामी बजेट निर्माण हुनुुपर्ने उनको भनाइ थियो ।

बैठकमा अर्थमन्त्री एवं पार्टीका नेता डा प्रकाशशरण महतले विषयमा आर्थिक अवस्थालाई सम्बोधन गर्नेगरी आगामी आर्थिक वर्षको बजेट बनाइने जानकारी गराएको राष्ट्रिय सभामा कांग्रेसका प्रमुख सचेतक अनिता देवकोटाले बताइन । मन्त्री डा महतले आगामी बजेटमा राख्नुपर्ने प्राथमिकताका बारेमा सांसदहरुको सुझावका लागि आग्रह गरेका थिए ।

उनले सांसदहरुले राखेका जिज्ञासाकाे बारेमा टिपोर्ट गरेकाे र मङ्गलबारको बैठकमा जवाफ दिने बताइएका छन । सांसदहरुले सुझाव दिने क्रम बाँकी रहेकाले कांग्रेस संसदीय दलको बैठक भोलि बिहान १०ः३० बजे पुनः बस्ने प्रमुख सचेतक देवकोटाले जानकारी दिए ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार १७:१७