नेप्सेमा ९ लघुवित्तको बोनस सेयर सूचीकृत, हेर्नुहाेस् कुनको कति ?
१० वैशाख, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ९ लघुवित्त वित्तीय संस्थाहरुको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा लघुवित्त संस्थाहरुले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट वितरण गरेको बोनस सेयर सूचीकृत भएकाे हाे । हालसम्म नेप्सेमा महिला लघुवित्त, आरएसडिसी लघुवित्त, साधना लघुवित्त, गुराँस लघुवित्त, फस्र्ट माइक्रोफाइनान्स लघुवित्त, सिवाईसी नेपाल लघुवित्त, मेरो माइक्रोफाइनान्स लघुवित्त र साविक आँधिखोला लघुवित्तको बोनस नेप्सेमा सूचीकृत भएको हो । यस्तै, विन नेपाल लघुवित्तको अघिल्लो आर्थिक वर्षमा वितरण गरिएको बोनस नेप्सेमा सूचीकृत भएको हो ।
१) आरएसडिसी लघुवित्त
नेप्सेमा आरएसडिसी लघुवित्तको ८ प्रतिशत बोनस बापतको ६ लाख ४४ हजार १२४.५९ कित्ता सेयर सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद गरी कूल ११ प्रतिशत लाभांश वितरण गरेको थियो ।
२) महिला लघुवित्त
नेप्सेमा महिला लघुवित्तको ४७.५० प्रतिशत बोनस बापतको ७ लाख ६२५ कित्ता सेयर सूचीकृत भएको हो । नेप्सेमा लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ४७.५० प्रतिशत बोनस सेयर र २.५ प्रतिशत नगद गरी कूल ५० प्रतिशत लाभांश वितरण गरेको थियो ।
३) गुराँस लघुवित्त
नेप्सेमा गुराँस लघुवित्तको ४ प्रतिशत बोनस वापतको ३९ हजार कित्ता सेयर सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र ०.२१०५ प्रतिशत नगद गरी कूल ४.२१०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
४) साधना लघुवित्त
नेप्सेमा साधना लघुवित्तको १९ प्रतिशत बोनस वापतको ६ लाख १० हजार ३२८.४५ कित्ता सेयर सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गरेको थियो ।
५) फस्र्ट माइक्रोफाइनान्स लघुवित्त
नेप्सेमा फस्र्ट माइक्रोफाइनान्स लघुवित्तको १९ प्रतिशत बोनस वापतको १८ लाख ३२ हजार ५३५.५६ कित्ता सेयर सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गरेको थियो ।
६) आँधिखोला लघुवित्त
नेप्सेमा साविक आँधिखोला लघुवित्तको ३० प्रतिशत बोनस वापतको ३ लाख ५७ हजार कित्ता सेयर सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ३० प्रतिशत बोनस सेयर र १.५८ प्रतिशत नगद गरी कूल ३१.५८ प्रतिशत लाभांश वितरण गरेको थियो ।
७) मेरो माइक्रोफाइनान्स लघुवित्त
नेप्सेमा मेरो माइक्रोफाइनान्स लघुवित्तको १० प्रतिशत बोनस वापतको १२ लाख कित्ता सेयर सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गरेको थियो ।
८) सिवाईसी नेपाल लघुवित्त
नेप्सेमा सिवाईसी नेपाल लघुवित्तको ३० प्रतिशत बोनस वापतको ३ लाख ६४ हजार ९२५.५१ कित्ता सेयर सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ३० प्रतिशत बोनस सेयर र १.५८ प्रतिशत नगद गरी कूल ३१.५८ प्रतिशत लाभांश वितरण गरेको थियो ।
९) विन नेपाल लघुवित्त
नेप्सेमा विन नेपाल लघुवित्तको ९.३३ प्रतिशत बोनस वापतको ६७ लाख ६५० कित्ता सेयर सूचीकृत भएको हो । लघुवित्तले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरुलाई ९.३३ प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत नगद गरी कूल ९.८३ प्रतिशत लाभांश वितरण गरेको थियो ।
प्रकाशित मिति : १० बैशाख २०८०, आईतवार १०:०६












