८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

दोल्ती पावरको आईपीओ बाँडफाँड हुँदै, सेयर पाउने भाग्यमानी कति ?

८ वैशाख, काठमाडाैं । दोल्ती पावर कम्पनीको आईपीओ आज बाँडफाँड हुने भएको छ । कम्पनीकाे आईपीओ  बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल मार्केटका अनुसार आज वैशाख ८ गते शुक्रबार दिउँसो ३ बजे क्यापिटलको कार्यालयमा बाँडफाँड हुने भएको हो। कम्पनीले गत चैत २८ गतेदेखि वैशाख ३ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो।

कम्पनीले सर्वसाधारणका लागि १०० अंकित दरका १२ लाख ७१ हजार ८६१ कित्तामा बिक्री खुला गरेको थियो। यसअघि सर्वसाधारणलाई जारी हुनेमध्ये १० प्रतिशतले हुन आउने १ लाख ७ हजार २९८ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकिएको छ भने ५ प्रतिशतले हुन आउने ६८ हजार १७ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको थियो।

कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्म १३ लाख ३९ हजार ४४० आवेदकबाट कुल १ करोड ४७ लाख ६२ हजार २६० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ११.६० गुणा बढी हो। कम्पनीकाे आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड हुनेछ। गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी १ लाख २७ हजार १८६ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। तिनै भाग्यमानीमध्ये १ जनाले थप १ कित्ता सेयर पाउनेछन्।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार ०९:४०