आज यी कम्पनीका लगानीकर्ताले गुमाए सर्वाधिक
५ वैशाख, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार पनि सेयर बजारमा गिरावट देखिएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.०७ अकंले घटेर १९०४.९८ बिन्दुमा बन्द भएको छ । आज२६६ कम्पनीको २९ लाख ७५ हजार ९२० कित्ता सेयर किनबेच हुदाँ ८७ करोड ४ लाख ४८ हजार १५१ रुपैयाँको कारोबार भएको छ ।
आज सेयर बजार घटेसँगै खप्तड लघुवित्त, आदर्श लघुवित्त, बाराहि हाइड्रोपावर, जाल्पा सामुदायिक लघुवित्त, आशा लघुवित्त, सिटीजन्स म्युचुअल फण्ड लगायतका अन्य कम्पनीहरुको सेयर मूल्य घटेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलवार १५:२७












