नेप्सेसँगै खुम्चियो कारोबार रकम, दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट
५ वैशाख, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार पनि सेयर बजारमा गिरावट देखिएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.०७ अकंले घटेर १९०४.९८ बिन्दुमा बन्द भएको छ । आज२६६ कम्पनीको २९ लाख ७५ हजार ९२० कित्ता सेयर किनबेच हुदाँ ८७ करोड ४ लाख ४८ हजार १५१ रुपैयाँको कारोबार भएको छ ।
आज कारोबार भएका ६२ कम्पनीको सेयरमूल्य बढेको छ भने १३८ कम्पनीकोे सेयरमूल्य घटेको छ । यसका साथै १९ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।
आज प्रभु बैंकको प्रोमोटर सेयरको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे यस दिन ५ करोड २६ लाख रुपैयाँमाथिको कारोबार भएको छ । आज दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । यस दिन कालिन्चोक दर्शन र मैलुङ खोलाको सेयरमा सकारात्मक सर्किट लागेको हाे । आज खप्तड लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।
प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलवार १५:१६












