१ महिनामा वाणिज्य बैंकहरुले कमाए ७ अर्ब २१ करोडः नबिल पहिलो, अन्य कुन बैंककाे कति ?
४ वैशाख, काठमाडौं । सञ्चालनमा रहेका वाणिज्य बैंकहरुले एक महिनाको अवधिमा ७ अर्बभन्दा बढी नाफा बढाएका छन् । वाणिज्य बैंकहरुले माघ महिनाको तुलनामा फागुन महिनामा ७ अर्ब २१ करोड ६० लाख रुपैयाँले नाफा बढाएका हुन् ।
माघ मसान्तसम्म वाणिज्य बैंकहरुले ३९ अर्ब ३९ करोड ६० लाख रुपैयाँ नाफा कमाएका थिए। एक महिनाको अवधिमा अर्थात फागुन मसान्तसम्मा बैंकहरुको नाफा ७ अर्ब २१ करोड ६० लाख रुपैयाँले बढेर ४६ अर्ब ६० करोड ९० लाख रुपैयाँ पुगेको छ ।
यो अवधिमा सबैभन्दा बढी नाफा नबिल बैंकले कमाएकाे छ। बैंकले याे असधिमा ५ अर्ब ३२ करोड ६१ लाख २० हजार नाफा आर्जन गरेको छ । धेरै नाफा कमाउने दोस्रो नम्बरमा ग्लोबल आइएमई बैंक रहेको छ । याे अवधिमा बैंकले ४ अर्ब ३७ करोड २३ लाख ३० हजार नाफा कमाएको छ । त्यस्तै, एनआईसी एशिया बैंकले ४ अर्ब ५ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
नेपाल बैंकले २ अर्ब ११ करोड ५० लाख १० हजार नाफा कमाएकाे छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ४९ करोड १२ लाख ९० हजार, स्टयान्डर्ड चार्टर्ड बैंकले २ अर्ब २६ करोड ८२ लाख ५० हजार, राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ३६ करोड ८७ लाख ५० हजार, हिमालयन बैंकले १ अर्ब ७८ करोड ४१ लाख २० हजार, नेपाल एसबीआई बैंकले १ अर्ब ६४ करोड ३६ लाख ४० हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
यस्तै एभरेष्ट बैंकले २ अर्ब २३ करोड ४७ लाख १० हजार, माछापुच्छ्रे बैंकले १ अर्ब ४२ करोड ५९ लाख ६० हजार, कुमारी बैंकले २ अर्ब ६ करोड १५ लाख ८० हजार रुपैयाँ, लक्ष्मी बैंकले १ अर्ब ३६ करोड ४६ लाख ४० हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
यो अवधिमा सिद्धार्थ बैंकले १ अर्ब ५५ करोड ४७ लाख १० हजार, सिटिजन्स र्बैंकले १ अर्ब २५ करोड ९३ लाख ७० हजार, प्राइम बैंकले २ अर्ब ३९ करोड १६ लाख ७० हजार, सनराइज बैंकले १ अर्ब ८ करोड ८४ लाख ६० हजार, एनएमबि बैंकले २ अर्ब ६० करोड र सानिमा बैंकले १ अर्ब ७८ करोड ७६ लाख ८० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । याे अवधिमा सबैभन्दा कम कृषि विकास बैंकले ४१ करोड १२ लाख ९० हजार नाफा कमाएकाे छ ।
प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार १७:०८