एक बैंककाे बाेनस सेयर डिम्याट खातामा जम्मा, तपाईंकाे खातामा आयो ?
४ वैशाख ,काठमाडाैं । महालक्ष्मी विकास बैंक लिमिटेडले सेयरधनीकाे खातामा बाेनस सेयर जम्मा गरेकाे छ । बैंककाे पुस २९ गते सम्पन्न २१औं वार्षिक साधारण सभाबाट पारित ४ प्रतिशत बोनस सेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत भएसँगै चैत ३० गतेदेखि सम्बन्धित सेयरधनीहरूको हितग्राही खातामा बोनस सेयर जम्मा गरेकाे बैंकले जनाएकाे छ ।
साथै, हालसम्म सेयर अभौतिकीकरण नगराएका सेयरधनीहरुले यथाशिघ्र अभौतिकीकरण गर्न बैंकले अनुराेध गरेकाे ।
प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार ११:२३












