६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

नेप्सेमा थप तीन कम्पनीको बोनस सेयर सूचिकृत, हेर्नुहाेस् कुनकाे कति ?

३० चैत, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज थप तीन कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा आज यूनियन लाइफ इन्स्योरेन्स, महालक्ष्मी विकास बैंक र पोखरा फाइनान्सको बोनस सेयर सूचिकृत भएको हाे ।

१) यूनियन लाइफ इन्स्योरेन्स

नेप्सेमा यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको ८.९७ प्रतिशत बोनस बापतको १९ लाख २८ हजार ५५० कित्ता सेयर सूचिकृत भएको हो ।

२) महालक्ष्मी विकास बैंक

नेप्सेमा  महालक्ष्मी विकास बैंकको ४ प्रतिशत बोनस बापतको १६ लाख ४ हजार ३५३.३१ कित्ता सेयर सूचिकृत भएको हो ।

३) पोखरा फाइनान्स

नेप्सेमा पोखरा फाइनान्स कम्पनीको ४ प्रतिशत बोनस बापतको ४ लाख १६ हजार ३६७.९२ कित्ता सेयर सूचिकृत भएको हो ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार १३:५८