राष्ट्रिय वाणिज्य बैंकले घटाएर सार्वजनिक गर्याे नयाँ ब्याजदर, कुन खातामा कति छ ब्याज ?
३० चैत, काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले घटाएर नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा भाेलि बैशाख १ गतेबाट लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।
बैंकले बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ८.४० प्रतिशतसम्म ब्याज दिने भएकाे छ । त्यस्तै, बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम ७.९९ प्रतिशत देखि अधिकतम १०.९९ प्रतिशतसम्म रहेकाे बैंकले सार्वजनिक गरेको नयाँ व्याजदरमा उल्लेख छ । साथै, बैंकले रेमिट्यान्स रेमिट्यान्स मुद्दती खातामा १०.९९ प्रतिशत व्याज दिने भएकाे छ ।
प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार १०:१४