६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

नेप्सेमा थप एक कम्पनीको मूल्य समायोजन, कतिमा खुल्छ काराेबार ?

२८ चैत, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप १ कम्पनीको मूल्य समायोजन भएको छ। नेप्सेमा माहुली लघुवित्त वीत्तीय संस्था लिमिटेडको मूल्य समायोजन भएको हो ।

नेप्सेमा कम्पनीकाे १४.२५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ७३२.६० रुपैयाँ कायम गरेको हो । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ८३७ रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो । सोही मूल्यको आधारमा नै अब भोली बुधबारबाट सेयर बजारमा कारोबार खुल्नेछ ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलवार १६:३९