२७.३१ अकंले बढ्याे सेयर बजार, दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट
२८ चैत, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार पनि सेयर बजारमा हरियाली छाएको छ । साेमबार सामान्य अंकले बढेकाे बजार यस दिन भने दोहोरो अंकले बढेको हाे ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.३१ अकंले बढेर १८७१.३३ बिन्दुमा बन्द भएको छ । आज सेयर बजारमा ९४ करोड ५२ लाख रुपैयाँ बढीकाे कारोबार भएको छ । आज शिवम् सिमेन्ट्सको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे यस दिन ७ करोड १० लाख रुपैयाँमाथिको कारोबार भएको छ । मंगलबार दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। आज कालिञ्चोक दर्शन र आर्दश लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ। आज सानिमा मिडिल तमोर हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।
प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलवार १५:१६












