१७ कार्तिक २०८१, शनिबार | Sat Nov 2 2024

अर्थतन्त्र फेरी सकरात्मक बाटोमा अगाडी बढ्छ

-डा प्रकाशशरण महत

अर्थतन्त्रमा देखिएको समस्याका कारण लगानीकर्ताहरुले तनावको अनुभव गरिरहेका छन् । ब्याजदरका समस्याहरु रहेका छन । स्टक मार्केटको समस्या, पूँजि बजारको समस्याहरु प्नि उत्तिकै छन । जसले ऋण लिएका छन, उनीहरुले दबाब अनुभव गरेको अवस्था छ । सबै भन्दा महत्वपूर्ण कुरा बाह्य र आन्तरिक कारणले गर्दा राजस्व एकदम न्यून भएको अवस्था छ ।

हरेक वर्ष हामीले राजस्वको टार्गेटमा हरेक सूचकमा उत्साहजनक संकलन गरिरहेका हुन्थ्यौँ । यस पटक त्यस्तो अवस्था रहेन । विविध कारणले त्यसमा असर पर्यो । हाम्रो राजस्व संकलनको सबैभन्दा ठूलो निर्भरता भन्सारमा छ । त्यहाँबाट अपेक्षाकृत राजस्व संकलन गर्न सकेका छैनौ । जसका कारण साधारण खर्च धान्न समेत समस्या भएको छ । पूँजिगत खर्चमा हामीले आन्तरिक ऋण, बाह्य ऋण र सहयोगमा जानुपर्ने अवस्था छ । साधारण खर्चको लागि पनि ऋणमा जानुपर्ने अवस्था छ । हाम्रो बाह्य रिजर्भ सहज अवस्थामा छ । सुचकहरु पनि स्वस्थ्य गर्नु पर्छ । बैंक ब्याजदर कसिलो छ । टाइट मनिटरी पोलिसीका कारण कतिपय अप्ठाराहरु देखिएका छन ।

अर्थ मन्त्रालय र राष्ट्र बैकको सहकार्यमा अर्थ नीति र मौद्रिक नीतिलाई एउटा निश्चित लक्ष बनाएर र आर्थिक कार्यक्रम सकरात्मक तरिकाले एउटा निरासाको परिस्थितिलाई आशाको परिस्थितिमा बदल्ने लक्ष्यका साथ हामी काम गर्छाैं । साधारण खर्चलाई अत्यन्त कम गर्ने र हाम्रो दायित्वहरु तलब, भत्ता, शिक्षा र स्वास्थ्य जस्ता कुराहरुलाई हामीले चाहेर पनि कम गर्न सक्दैनौं । तर हाम्रा कतिपय खर्च हामीले नगरे पनि हुन्छ । त्यस्ता खर्चहरुलाई हामीले सक्दो कम गर्ने र त्यसले एउटा सकरात्मक सुधार हुने कुरामा हामी गम्भिर छौं ।

यो अर्थतन्त्रमा जुन अप्ठाराहरु देखिएको छ । त्यो अप्ठाराहरुलाई हामी समाधान गर्छौं । चाँडै एउटा सकरात्मक परिवेश निर्माण गर्छौ । यो अर्थतन्त्रमा जुन नकरात्मक कुराहरु छ त्यसलाई सकारात्मक परिवर्तन गर्न हामी सम्पूर्ण रुपमा लागिरहेका छौँ । मेरो सम्पूर्ण ध्यान त्यसैमा केन्द्रित छ । पुँजिगत खर्चको समस्या छ । हाम्रो खर्च गर्ने क्षमता हस आइरहेको छ । वैदेशिक सहयोगको उपयुक्त खर्च गर्ने क्षमतामा पनि ह्रास अएको छ । साइड क्लियर नभइ ठेक्का प्रक्रिया अगाडी बढ्ने, ठेकदारले त्यहाँ दावी बढाउँदै लाने र समयमा पनि सम्पन्न नहुने र दायित्व पनि बढ्दै जाने भएकोले सरकारको लागत बढ्दै गएको छ । त्यसले हाम्रो जुन प्रतिफलको अपेक्षा थियो त्यसमा मिसम्याच भइरहेको छ । यस्ता धेरै संरचनामा सुधारको आवश्यकता छ । म सँग छोटो समय छ । यो समयमा मैले सम्पुर्ण कुरा राज्य संरचनाको विभिन्न निकायको सहयोगमा कति गर्न सक्छु प्रयास गर्छु ।

समयको अत्यन्त ठूलो दबाब छ । त्यसका बाबजुद उच्चताको समर्पण, आफ्नो क्षमता योग्यताको उपयोग, कर्तव्य निष्ठता, देश र जनाता भन्दा ठूलो केहि पनि छैन भन्ने भावनाको साथ हामी काम गर्नेछौं । तपाईहरुले पनि सल्लाह सुझावहरू दिइरहनु भएको छ । विज्ञहरुसँग पनि हामी छलफल गरिरहेका छाैँ बाँकीसँग पनि गर्नेछौँ । सबैको राम्रा सुझावहरूलाई मध्यनजरमा राखेर हाम्रो अर्थतन्त्र मार्फत देखिएको समस्याहरुको हल गर्दैै यसको प्रभावकारीतालाई बढाउने र उत्पादनशिल क्षेत्रमा हामी आयोजना राख्ने त्यसमा फन्डिङ सुनिश्चित गर्नेगरी अघि बढ्छौँ ।

हामीले प्राथमिकताको आधारमा जहाँ फन्डिङ सुनिश्चित गर्न सक्छौं, त्यसले पूर्णता पाओस्, योजनाहरु समयमै सम्पन्न गर्न सकियोस, श्रोतहरुको अभाव नहोस यतातिर हामी मध्यनजर राख्छौं । हाम्रो ऋणको दायित्व बढ्दै छ । हामीले भुकम्पको समयमा जुन सहयोग लिएका थियौं । एक दुई वर्षमा त्यसको हामीले तिर्न सुरु गर्नुपर्छ । यो सामान्य कर भन्दा अलिकति बढीहुन्छ हामीले त्यसलाई पनि मध्यनजर गरेर काम गर्नुपर्नेछ । वैदेशिक सहयोगमा पनि हामीसँग ज्यादा सर्तहरू छन । त्यसलाई सकेसम्म वेवास्ता गर्दैनौं । त्यस किसिमबाट हामी काम गर्ने कोशिश गर्छौ । वैदेशिक सहयोग पनि उपयुक्त ढंगले बढोस र प्राथमिकता निर्धारण गर्दा पनि रिटर्नको कुराहरुलाई हामीले मध्यनजर गर्न सक्छौं । धेरै कुराका लागि बजेट पर्खिनुपर्छ । समग्रमा हाम्रो ध्यान अर्थतन्त्रलाई फेरी सकरात्मक बाटोमा अगाडी बढाउनका लागि हुनेछ ।

सामाजिक सुरक्षा भत्ताबारे

सामाजिक सुरक्षमा सकेसम्म पछाडि परेका, दुर्गम, शिक्षा, स्वास्थ्य, विभिन्न वर्ग, समूदाय र बालबालिकाको राज्यले जिम्मा लिएर काम गर्नुपर्छ । तर देशको साधन श्रोतबिना त्यो सबै कुराहरु गर्न सम्भव हुँदैन । हाम्रो पुँजी निर्माण, हाम्रो सम्वृद्धिको पाइला फराकिलो भएन भने त्यसलाई बढाएर लान्छु भन्दा कस्ले फन्डिङ गर्दिन्छ ? त्यसको लागि आम्दानी चाहिन्छ । बिना आम्दानी खर्च गर्न सकिदैन । आम्दानीको दायरालाई वेवास्ता गर्ने अनि हामी दिन्छौं भनेर बोल्दिने कुराले समस्या समाधान हुँदैन । त्यसकारण आम्दानीको दायरा बढाउनुपर्छ ।

आम्दानीको दायरा बढाउनको लागि उद्योग व्यवसायमा लगानीको वातावरण सुनिश्चित गर्नुपर्छ । बैदेशिक र स्वदेशी लगानीहरुको प्रवद्र्धन हुनुपर्छ । राज्यले लगानी गर्ने साधनस्रोत उपयुक्त समयमा त्यसले परिणाम दिने गरि कार्यन्वयन हुनुपर्छ । वैदेशिक सहयोगको बढी माग गर्ने तर खर्च पनि गर्न सकेको छैन भने बढी माग्नुको अर्थ छैन । त्यसकारण त्यसको क्षमता पनि हामीले वृद्धि गर्यौ भने उद्योग व्यवसाय बढ्छ । लगानी बढ्छ । यसले रोजगारी सिर्जना गर्छ । आर्थिक वृद्धि हुन्छ । आर्थिक वृद्धि हुने बितिकै राजस्व बढ्छ । राजस्व बढ्यो भने हामी सामाजिक सुरक्षामा थप लगानी गर्न सक्छौं ।

हाम्रो धेरै आवश्यकताहरुलाई हामीले पूर्ति गर्न सकेका छैनौँ । गरिबीको रेखामुनी रहेको जनसंख्या पनि छ । गुणस्तरीय शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता आवश्यकताहरुलाई अझै हामीले पुरा गर्न सकेको छैन । यो हामीलाई जानकारी छ । त्यसको लागि साधनस्रोत चाहिन्छ । साधनस्रोत बढाउनको लागि हाम्रो लगानी विस्तार हुनुपर्छ । त्यसमा निजि क्षेत्रको ठूलो भूमिका छ । लगानीलाई सहज बनाउने वातावरण हामीले सिर्जना गर्नुपर्छ ।

प्रतिस्पर्धी वातावरण हामीले सिर्जना गर्नुपर्छ । विदेशी र स्वदेशी लगानीकर्ताहरुलाई विना झन्झट लगानीको वातावरण मिलाई दिनुपर्छ । लगानी गर्न आउँदा किन आएको ? के गर्न आएको ? के पाईन्छ ? के हुन्छ ? भन्ने कुराहरु राम्ररी सोध्नुपर्यो । त्यसको सट्टा लगानी गर्नुस्, यति रोजगारी सिर्जना गर्न सक्नु हुन्छ कि सक्नु हुन्न ? यी कुराहरुलाई कति वर्षमा समपन्न गर्न सक्नुहुन्छ ? भन्ने जस्ता कुरामा फोकस गरेर अघि बढ्दै सबै मिलेर काम गर्नुपर्छ ।

(आर्थिक मिडिया सञ्चालक संघ नेपाल (इमान)सँगको भेटमा अर्थमन्त्री डा प्रकाशरण महतले व्यक्त गरेको विचारको सम्पादित अंश–प्रधानसम्पादक)

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलवार १२:०९