रोकिएन नेप्सेमा गिरावट, कारोबार रकम भने अर्ब माथि
२६ चैत, काठमाडाैं । साताकाे पहिलाे काराेबारकाे दिन आइतबार सेयर बजारमा गिरावट देखिएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २८.३१ अकंले घटेर १८३८.४८ बिन्दुमा बन्द भएको छ । आज २६८ कम्पनीको ३८ लाख ४३ हजार ७१३ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब १५ करोड ९४ लाख ४८ हजार ४११ रुपैयाँको कारोबार भएको छ ।
आज नबिल बैंकको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे यस दिन ५ करोड ७८ लाख रुपैयाँमाथिको कारोबार भएको छ । आज कालिञ्चोक दर्शन लिमिटेडको शेयरमा सर्किट लागेको छ । आज माछापुच्छ्रे बैंकको डिबेञ्चर सर्वाधिक अंकले घटेकाे छ ।
प्रकाशित मिति : २६ चैत्र २०७९, आईतवार १५:२५












