भूगोल इनर्जीको आईपीओमा कति पर्याे आवेदन ?
२४ चैत, काठमाडाैं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आईपीओमा पहिलो दिनमा नै मागभन्दा बढी आवेदन परेकाे छ । कम्पनीले हिजाे चैत २३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हाे। सीडीएससीका अनुसार हिजाे साँझसम्ममा कम्पनीकाे आईपीओमा २ लाख ६१ हजार ४९६ आवेदकबाट कुल ३१ लाख १० हजार ४१० कित्ता सेयरका लागि आवेदन परेकाे छ । जुन मागभन्दा २.३१ गुणाले बढी हो।
कम्पनीले जारी पूँजी ५४ करोड ४० लाख ५३ हजार ४०० रुपैयाँको ३० प्रतिशतले अर्थात १६ करोड ३२ लाख १६ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १६ लाख ३२ हजार १६०० कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्काशन गरेकाे हो। जसमध्ये १ लाख ८ हजार ८११ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि तथा कर्मचारीहरुका लागि सुरक्षित गरिएको सेयर बाँडफाँड गरिसकेको छ भने ७१ हजार ९१६ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरिएको छ। सर्वसाधारण लगानीकर्ताले कुल १३ लाख ४६ हजार ९९३ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।
उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्मका लागि चैत २७ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।
प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार ०९:२२












