६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

सेयर बजारको आरोलो यात्रा कायमै, एक कम्पनीकाे मूल्यमा सकारात्मक सर्किट

२१ चैत, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार पनि सेयर बजारकाे गिरावट राेकिएकाे छैन् ।  देशले नयाँ मन्त्रीको रुपमा प्रकास शरण महतलाई पाए यता सेयर बजार निरन्तर घटि रहेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.२० अकंले घटेर १८६६.६८ बिन्दुमा बन्द भएको छ ।

आज २६४ कम्पनीको २९ लाख ७१ हजार ९४७ कित्ता सेयर किनबेच हुदाँ ९१ करोड ७६ लाख १० हजार २९६ रुपैयाँको कारोबार भएको छ ।  मंगलबार शिवम् सिमेन्ट्सको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे यस दिन ३ करोड ३६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

आज एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कालिन्चोक दर्शनको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हाे। यस दिन प्रभु बैंकको ऋण २०८७ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर मूल्यमा भारी गिरावट आएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलवार १५:२०