५ पुष २०८२, शनिबार | Sat Dec 20 2025

नेप्सेमा दोहोरो अंकको सुधार, तीन कम्पनीको सेयरमा सर्किट

१४ चैत, काठमाडाैं ।  साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार पनि सेयर बजारमा हरियाली छाएकाे छ । स्टक एक्सचेञ्ज (नेप्से) आज १२.१० अंकले बढेर १९१८.१० बिन्दुमा बन्द भएकाे छ । मंगलबार एक अर्ब ४४ करोड ३७ लाख रुपैयाँ बढीकाे कारोबार भएको छ । आज आइएमई जनरल इन्स्योरेन्सको सर्वाधिक काराेबार भएकाे छ ।

यस दिन कम्पनीकाे ६ करोड १५ लाख रुपैयाँमाथिको कारोबार भएको छ । मंगलबार ३ कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । आज सुपरमाई हाइड्रोपावर, सिर्जनशील लघुवित्त र एशियन हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लागेको हाे ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलवार १५:२०