हरियाली छाएकाे बजारमा मंगलबार यी कम्पनीकाे भयाे सर्वाधिक काराेबार
१४ चैत, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार पनि सेयर बजारमा हरियाली छाएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज १२.१० अंकले बढेर १९१८.१० बिन्दुमा बन्द भएकाे छ । मंगलबार एक अर्ब ४४ करोड ३७ लाख रुपैयाँ बढीकाे कारोबार भएको छ ।
आज आइएमई जनरल इन्स्योरेन्सको सर्वाधिक काराेबार भएकाे छ । यस दिन कम्पनीकाे ६ करोड १५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
साथै, यस दिन हिमालयन डिष्टिलरीको ५ करोड ९७ लाख, शिवम् सिमेन्ट्सको ४ करोड ९२ लाख, एनआइसी एशिया बैंकको ४ करोड ३६ लाख र अपि पावर कम्पनीको ३ करोड ५२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलवार १५:०९












