२८ बैशाख २०८१, शुक्रबार | Sat May 11 2024

नुवाकोट महोत्सवमा एक लाख दर्शकबाट अवलोकन दुई करोडको कारोबार


२८ फागुन, नुवाकोट । नुवाकोटको बिदुरमा सञ्चालन भएको पाँचौं नुवाकोट महोत्सवमा एक लाख दर्शकबाट अवलोकन गरेकाछन् भने दुई करोडको कारोबार भएको छ ।
समृद्ध नुवाकोट हाम्रो अठोट’ भन्ने नाराका साथ नुवाकोट महोत्सव आइतबार सम्पन्न भएको छ ।

नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा फागुन १६ गतेबाट शुरु भएको महोत्सव १२ दिनपछि समापन गरिएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले मेला महोत्सवको माध्यमबाट जिल्लामा आर्थिक समृद्धिको मार्ग खोजी हुनुपर्ने बताए ।
जिल्लाको स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ शुरु गरिएको महोत्सवले जिल्लाको समृद्धिका लागि भूमिका खेलेको संघका अध्यक्ष ताराबहादुर कार्कीले बताए । महोत्सवबाट स्थानीय उत्पादन हस्तकलाका सामग्री र कृषिजन्य उत्पादनको प्रवद्र्धन भएको उनले बताए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७४, सोमबार ११:३३

https://srdb.com.np/