रोकिएन सेयर बजारको गिरावट, दुई कम्पनीकाे मूल्यमा सकारात्मक सर्किट
९ चैत, काठमाडाैं । साताकाे अन्तिम काराेबारकाे दिन बिहीबार पनि सेयर बजारमा गिरावट आएकाे छ । अघिल्लाे काराेबारकाे दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.७६ अकंले घटेर १९३३.२९ बिन्दुमा बन्द भएकाे थियाे । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.१५ अंकले घटेर १९१५.१४ बिन्दुमा बन्द भएकाे छ ।
बिहिबार सेयर बजारमा १ अर्ब ४१ करोड ३१ लाख रुपैयाँ बढीकाे कारोबार भएको छ । आज एनआइसी एशिया बैंकको सर्वाधिक काराेबार भएकाे छ । यस दिन बैंककाे २१ करोड ७४ लाख रुपैयाँ बढीकाे कारोबार भएको हाे । आज माया खोला हाईड्रोपावर र एशियन हाईड्रोपावरकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। आज युनि नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।
प्रकाशित मिति : ९ चैत्र २०७९, बिहीबार १५:२१












