५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

१२०० ले बढ्याे सुनकाे मूल्य, कति पुग्यो तोलाको ?

९ चैत, काठमाडाैं । साताकाे पाचैं काराेबारकाे दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य फेरि उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ५०० रुपैयाँमा काराेबार भएको छ।

बुधबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ७ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ३६० रुपैयाँ काराेबार भएको महासंघले जनाएकाे छ। बुधबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ३३५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहीबार १०:५५