लगानीकर्ताकाे हात खालि बनाउँदै आरम्भ चौतारी लघुवित्तले बाेलायाे साधारणसभा
९ चैत, काठमाडाैं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसभा आह्वान गरेको छ । संस्थाको सञ्चालक समितीले गरेको निर्णय अनुसार कम्पनीकाे ७ औँ बार्षिक साधारणसभा चैत्र ३० गते बनेपा पार्टी भेन्यु बनेपा काभ्रेपलान्चोकमा ११ बजेदेखि सुरु हुनेछ । कम्पनीले गत आर्थिक वर्षकाे नाफाबाट सेयरधनीका लागि कुनै पनि लाभांश घाेषणा गरेकाे छैन । याे बर्ष सेयरधनीकाे हात खालि हुने छ ।
सभाले अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र अनुसूचीहरु पारित गर्ने, आर्थिक वर्ष ७९/८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र २० गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । यसकाे अर्थ चैत्र २९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले साधारण सभामा सहभागिता हुन सक्नेछन्।
प्रकाशित मिति : ९ चैत्र २०७९, बिहीबार ०९:४१












