२७ बैशाख २०८१, बिहीबार | Fri May 10 2024

साना किसान बैंक १७ करोड मुनाफामा


२७ फागुन, काठमाण्डौं । साना किसान विकास बैंक लिले आर्थिक वर्ष २०६४÷७५ को अर्धवार्षिक अवधिमा रु १७ करोड १६ लाख मुनाफा गरेको छ ।

बैंकले आफ्नो १७ औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरेको कार्यक्रममा रु १७ करोड १६ लाख मुनाफा गरेको र सो नाफा चालु आर्थिक वर्षको प्रक्षेपित नाफाको ५० प्रतिशतभन्दा बढी रहेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आर्थिक वर्ष २०७४÷७५ को पुस मसान्तमा यस बैंकको कूल सम्पत्ति रु १७ अर्ब २५ करोड पुगेको छ । गत वर्षको सोही अवधिको तुलनामा यो रकम ३० प्रतिशतले वृद्धि भएको बैंकले जनाएको छ । रासस

प्रकाशित मिति : २७ फाल्गुन २०७४, आईतवार २३:००