६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

आजदेखि बजारमा दूधको नयाँ मूल्य लागू, अब उपभोक्ताले कति तिर्नुपर्छ ?


२ चैत, काठमाडाैं । दुग्ध विकास संस्थानले वृद्धि भएको दूधको मूल्य आजबाट कार्यन्वयनमा ल्याएको छ । डीडीसीका महाप्रबन्धक सञ्जीव झाले सरकारी निर्णयअनुसार किसानलाई बढेको मूल्य दिइसकेको हुनाले आजदेखि बजारमा नयाँ मूल्यअंकित प्याकेट दूध पठाइएको जानकारी दिएका छन् ।

संस्थानका अनुसार स्टान्डर्ड दूध (निलो प्याकेटमा) प्रतिलिटर ११ रुपैयाँ बढेर प्रतिलिटर ८६ रुपैयाँ रहेको दूध ९७ रुपैयाँ पुगेको छ । त्यस्तै, गाईको दूधमा प्रतिलिटर १४ रुपैयाँ बढाइएको छ । गाईको दूधको मूल्य प्रतिलिटर ११६ रुपैयाँ पुगेको छ । क्रिमयुक्त दूध (हरियो प्याकेट) को मूल्य प्रतिलिटर १३० रुपैयाँ पुगेको छ । त्यसैगरि, चिया दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढेर ९० रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार ०९:४९