१६ भदौ २०८३, मंगलबार | Tue Sep 1 2026

राप्रपा अध्यक्ष लिङ्देनलाई तोरीको फूल देखाउने दुर्गा प्रसाईंकाे धम्की

३० फागुन, काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षराजेन्द्र लिङ्देनलाई तोरीको फूल देखाउने धम्कि दिएका छन् । आज काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले, आफुले सुरु गरेको ‘राष्ट्र राष्ट्रिय धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’मा साथ नदिएको भन्दै एमाले अध्यक्ष ओली र राप्रपा अध्यक्ष लिङ्देन विरुद्ध आगो ओकलेका हुन् ।

उनले राजेन्द्र लिङ्देनसँग आफु चुनाव लडेरै हराउने जिकिर गरे । उनले भने ‘मलाई उसको क्षेत्रमा अहिले उठाइदिनुन, अहिले उठाउनुन कस्तो मान्छे देखाइ दिन्छु । तोरीका फूल भनेको के हुन्छ भनेर ।’

एमाले अध्यक्ष केपी ओलीलाई सो कार्यक्रममा आउन निम्तो दिएपनि नआएको भन्दै आक्रोस पोखेका प्रसाईँले पूर्व राजा ज्ञानेन्द्रको प्रसंशा गर्दै भने ‘राजा आउँने ठाउँमा केपी ओली हजुरबुबा आउनुहोस् भनेकाे । सबैलाई चिठ्ठी पठाको आउनु भएन। राष्ट्रको माया थिएन आउनु भएन ।राजा आउनु भयो पानसमा बक्ती बाल्न ।’

राप्रपा अध्यक्ष लिङ्देनलाई पनि कार्यक्रममा निम्तो दिएको तर नआएको भन्दै उनले लिङ्देनको हैसियत आफुसँग नमिल्ने ठोकुवा गरे ।
उनले भने ‘राजेन्द्रलाई मेरो अभियानमा आउनुस भनेको हो । म राजेन्द्र दाईलाई फोन गर्दिन उहाँको भन्दा राम्रो हैसियतभएको मान्छे हो म । राजेन्द्रले राजा गएको ठाउँमा ठग गए म जाने हो भन्नुभयो । ’

प्रकाशित मिति : March 14, 2023 at 1:44 pm