२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

राज्यको कानूनले अनलाईन मिडियालाई नियमन गर्न सकेन्ः मन्त्री शर्मा

२९ फागुन, काठमाडौं । सञ्चार तथा सुचना प्रविधि मन्त्री रेखा शर्माले नेपालको कानुनले अनलाईन मिडियालाई समेट्न नसकेको बताएकी छिन् ।

आज सोमबार काठमाडौंमा आयोजित नारी नेपाल अनलाईन पत्रिका समुद्धघाटन कार्यक्रममा बोल्दै उनले आम सञ्चारको क्षेत्रलाई राज्यले सहयोग र नियमन गर्ने खालको कानुन अझै ल्याउन नसकेको टिप्पणी गरेकी छिन् ।

‘हाम्रो नीति कानुन नियम नै धेरै पुरानो छ ।मिडिया सम्बन्धी कानुन पनि धेरै पुराना छन् । अहिले हाम्रो कानुनले अनलाईन मिडीयालाई समेट्नै सकिरहेकको छैन् । त्यसलाई राज्यले सहयोग र नियमन गर्ने खालको कानुन अझै बनि सकेको छैन् ।’

आउने बजेटमा मिडिया र अनलाईनसँग सम्बन्धीत भएर उचित विषयहरु उठाउने उनको भनाई छ । उनले यो क्षेत्रलाई अगाडि बढाउने नीति नियमहरु बनाउन आवश्यक भएको भन्दै यो विषयलाई सरकारी निकायहरुले पनि प्राथमिकतामा राख्नु पर्ने बताइन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार १४:२४