६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर


२९ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार, अस्ट्रेलियन डलर एक को खरिद दर ८६.१५ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.५५ रुपैयाँ रहेको छ ।अमेरिकी डलर एक को खरिद दर १३० रुपैयाँ ९७ पैसा र बिक्री दर १३१ रुपैयाँ ५७ पैसा पुगेको छ।

यस्तै, युरो एक को खरिद दर १३९ रुपैयाँ ४० पैसा र बिक्री दर १४० रुपैयाँ ०४ पैसा रहेको छ । बेलायती पाउण्ड एक को खरिद दर १५७ रुपैयाँ ५६ पैसा र बिक्री दर १५८ रुपैयाँ २८ पैसा रहेको छ।

यसैगरि, कतारी रियालको मूल्य एक को खरिद दर ३५ रुपैयाँ ७५ पैसा र बिक्री दर ३५ रुपैयाँ ९२ पैसा रहेको छ भने साउदी रियाल एक को खरिद दर ३४.८९ रुपैयाँ र बिक्री दर ३५.०५ रुपैयाँ रहेको छ । त्यस्तै, मलेसियन रिंगिट एक को खरिद दर २८.९८ रुपैयाँर बिक्री दर २९.११ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार १०:५२