४ कार्तिक २०८३, मंगलबार | Tue Oct 20 2026

मितेरी डेभलपमेन्ट बैंकको २८ हजार कित्ता सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

२८ फागुन, काठमाडाैं । मितेरी डेभलपमेन्ट बैंकले केही संस्थापक सेयर बिक्रीमा ल्याएकाे छ । कम्पनीले संस्थापक सेयरधनी दुर्गा बस्नेतले २३ हजार १ कित्ता र राधिका कार्कीले ५ हजार कित्ता गरी कुल २८ हजार १ कित्ता सेयर बिक्रीका लागि निवेदन दिएकाे हुनाले उक्त सेयर बिक्री गर्न लागेकाे जनाएकाे छ ।

उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ता, अन्य जो कोही व्यक्ति, संघ संस्थाले फागुन २८ गतेबाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय महेन्द्रपथ, घरान १२, सुनसरी वा यसको सेयर रजिष्ट्रार प्रभु क्यापिटल कमलादी, काठमाडौंमा आफूले खरिद गर्न चाहेको सेयर संख्याको व्यहोरा खुलाई आवेदन दिन सक्नेछन् ।

कम्पनीले यस अघि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुलाइ सेयर खरिदका लागि आह्रवान गरेकाे थियाे । तर संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि आवेदन नआएपछि उक्त सेयर सर्वसाधारण लगानीकर्ताहरूले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएकाे कम्पनीले जनाएकाे छ ।

प्रकाशित मिति : March 12, 2023 at 10:49 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/