२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

शंख पार्कको प्रस्तावित गुरु योजना सार्वजनिक (ग्राफिक्स भिडियोसहित)


२७ फागुन, काठमाडौँ । धुम्बाराहीमा रहेको शंख पार्कको स्तरीकरण हुने भएको छ । आइतबार काठमाडौं महानगरपालिकाको वडा नंं ४ स्थित शंख पार्कको प्रस्तावित गुरु योजना सार्वजनिक भएको छ ।

३ करोड ४ लाख रुपैयाँमा पार्कको स्तरीकरण गर्ने गरी गुरुयोजना तयार भएको छ । गुरुयोजना सार्वजनिक कार्यक्रममा रक्षा मन्त्री ईश्वर पोखरेलले सार्वजनिक जग्गा सुरक्षा गर्ने काम चुनौतीपूर्ण र महानगरको प्राथमिक योजनामा हुनुपर्ने काम भएको बताए ।

कार्यक्रममा काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा परिणाममुखी धेरै काम गरिने बताउँदै पछि विवाद सिर्जना गर्नुभन्दा काम थालनी हुनुपूर्व योजनामा छलफल गर्न र रचनात्मक सुझाव दिन वडाबासी र सरोकारवालासँग आग्रह गरे ।

बालबालिका, अपांगता भएका र जेष्ठ नागरिकमैत्री हुने यो पार्क हिँड्ने, खेल्ने वा व्यायाम गर्ने प्रयोजनलाई ध्यानमा राखेर तयार गरिनेछ ।

भिडियो हेर्नुहोस ।

प्रकाशित मिति : २७ फाल्गुन २०७४, आईतवार १४:००