६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

दूधबाट बन्ने सबै पदार्थको मूल्यमा वृद्धि, घ्यू प्रतिलिटर २०० रुपैयाँले बढ्यो


२६ फागुन, काठमाडौं । दूधबाट बन्ने सबै पदार्थको उपभोक्ता मूल्य बढेको छ । निजी डेरीहरुले बिहीबार दूधको मूल्य लिटरमै १४ रुपैयाँले बढाएका छन् । निजी डेरीहरुको संस्थाले एक लिटर दहीमा २५ रुपैयाँ वृद्धि गरेको हुन् । यस्तै, पनिरको मूल्य प्रतिकिलो १४० रुपैयाँ र घ्यूको प्रतिलिटर २०० रुपैयाँ बढेको छ ।

गत साता नेपाल सरकारले किसानले पाउने दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाएको थियो । सोही क्रममा बिहीबार निजी डेरीहरुले दूग्धजन्य पदार्थको मूल्य मनपरी बढाएका छन् । यसअघि दुध ८६ रुपैयाँ, दही १६५ रुपैयाँ, पनिर ७ सय रुपैयाँ र घ्यू १ हजार १ सय रुपैयाँ थियो । मूल्य बढेपछि दुध १ सय रुपैयाँ, दही १९० रुपैयाँ, पनिर ८४० रुपैयाँ र घ्यू १ हजार ३ सय रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार १०:२८