७ जेष्ठ २०८१, सोमबार | Tue May 21 2024

मुलुकको ३२ खर्ब ५५ व्यापारी र १० नेताको कब्जामाः दुर्गा प्रसाईँ


२५ फागुन, काठमाडौं। ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईँले देशको ३२ खर्ब रुपैयाँ ५५ जना व्यापारी र १० जना नेताहरुले मिलेर दुवई, सिङ्गापुर र अमेरिकामा लगेर राखेको आरोप लगाएका छन् ।

काटेश्वरस्थित पेरिस डाँडामा पत्रकार सम्मेलन मार्फत आन्दोलनका थप कार्याक्रम अघि सार्दै उनले बैंकहरुले देशको धन बिदेशी बैंकमा थुपार्ने तर, सामान्य व्यापारीसँग चर्को व्याज असुलेर यातना दिने गरेको बताए ।

उनले भने,‘देशको ३२ खर्ब रुपैयाँ ५५ व्यापारी र १० नेतामिलेर दुवइ, सिङ्गापुर र अमेरिकामा लगेर राखेका छन् । सहकारीको यातनाले व्यापारी आत्महत्या गर्ने चरणमा पुगेका छन् । यसलाई रोक लगाउनु पर्छ । ऋणको व्याज धेरै भयो । सहि तरिकाले गरि खानादिनु पर्यो । ३२ खर्ब रुपैया देशको बैंकमाफिर्ता गर्नु पर्यो ।’

पत्रकार सम्मेलनमा उनले राष्ट्रवादी शक्ति एकै ठाँउमा एकताबद्ध भएर आर्थिक क्रान्ति सुरुवात गर्नु पर्ने बताए । आन्दोलनमा साना व्यापारीबाट सहयोग भएको तर, स्वार्थका कारण ठुला व्यपारिक घरानाबाट सहयोग नभएको उनको भनाई छ । उनले यसअघि सञ्चालन गरिएको आन्दोलनका कार्याक्रम सफल भएको दाबी गर्दै आगामी कार्यक्रम अझ प्रभावकारी हुने बताए।

यस्ता छन् प्रसाईले अघि सारेका माग

– सेतो हात्तीसरह संघीयताको खारेजहुनु पर्ने । सबै धर्मलाई सम्मान गर्दै वैदिक सनातन राष्ट्र कायम हुनु पर्ने ।

– वर्तमान संविधान संशोधन गरि ०४७ सालको संविधान लागू गरिनुपर्ने ।

– बैंक, लघुवित्त सहकारी र विमा कम्पनी तुरुन्तै राष्ट्रियकरण गरिनु पर्ने ।

– २० लाख रुपैयाँ भन्दा कम ऋण मिनाह गरिनु पर्ने ।

– बैंकको व्याज ६% प्रतिशत कम हुनु पर्ने ।

– २० लाख भन्दा माथिको ऋण ४% देखी ५% प्रतिशत व्याजदरमा दिनुपर्ने

– युवाका निम्ति नेपालमै रोजगार सिर्जना गरिनु पर्ने ।

– बैंक तथा वित्तिय संस्थाले पत्रपत्रिकामा ३५ दिने सुचनानिकाल्ने काम बन्द गर्नु पर्ने ।

– ऋणीलाई ऋण तिर्न पाँच वर्षको अवधि थप गरिनु पर्ने ।

– निजामति कर्मचारी तल्लो तहका सुरक्षाकर्मीको तलव एक लाख ५० हजार कामय गरिनु पर्ने ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार १२:४०