१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

तत्कालिन सर्वोच्च कमाण्डर प्रचण्डले नै सावित्रीलाई फोन गरेर सेतो कपडा किनेर राख भनेका थिए

२३ फागुन, काठमाडाै । माओवादीद्वन्द्ध पिडितले, प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डलाई फौजदारी कसुरमा कारबाही हुनुपर्ने माग गरेका छन् ।

प्रचण्ड विरुद्ध आज रिट दायर गर्ने क्रममा अदालत पुगेका जनयुद्धबाट विस्थापित र मारिएका आफन्त प्रचण्डलाई कडा कारबाही गर्नु पर्ने भन्दै सर्वोच्च अदालत पुगेका हुन् ।

द्धन्द्ध पिडित सावित्री चिलवालले, प्रचण्डले नै आफुलाई टेलिफोन गरेर सेतो कपडा किनेर राख भन्दै धम्की दिएको र पछी आफ्ना पतिको गोली हानी हत्या गरिएको भन्दै कारबाही गर्न दाबी गरिन् । उनले भनिन् ‘उहाँको हत्या २०६० साल फागुन ३ गते बागबजारमा भएको हो । त्यसअघि प्रचण्डले चै मलाई पटक पटक फोन गरेर मलाई २०६० साल भदौ तीजको दिन चाहिँ मलाई फोन गरेर थर्काउनु भयो ।

मलाई सेतो कपडा सिलाएर राख जतिखेर पनि जहाँपनि तेरो लोग्नेको रगतको खोलो बग्न सक्छ । तयार भएर बस्नु जति बेला पनि जा पनि हामीले हान्न सक्छौ भन्नुभयो ।’ आफुलाई प्रचण्ड स्वयंले धेरै दुख दिएको उनको भनाई छ ।

‘तलाई मार्छु जे पनि गर्न सक्छु भनेर धेरै नै दुख दिनुभयो । फागुन ३ गते ५ बजेर कति मिनेटमा उहाँले बागबजार आफ्नो अफिसमा गोली हानि हत्या गरि मार्नु भयो तर यो प्रचण्डलाई चाहिँ कारबाही गर्नै पर्छ । अर्काको ज्यान मारेर आएको छ त्यो मान्छे, ५ हजार मारेर आएको भनेर भन्या छ आफैले मेरो मान्छे पनि उसैले मारेको हो ।’

आफुले अब भने न्याय पाउने उनले बताइन् । ‘घरबेटीको घरको फोनमा फोन गरेर मलाई धम्काको छ । हत्या नै हो कारबाही गर्नै पर्छ । आज म खुसि छु कारबाही हुन्छ भन्ने कुरामा ढुक्क छु ।’ प्रचण्ड विरुद्ध रिट दायर हुने भएपछि तत्कालिन द्धन्द्ध पिडितहरु अदालत पुगेका थिए ।

द्वन्द्वपीडित परिवारले आफूलाई मर्का परेको विषयमा निवेदन दिएमा मागलाई प्रभावकारीरूपमा सम्बोधन गर्नू भनी सर्वोच्च अदालतले २०७८ फागुन १ गते फैसला गरेपनि वेवस्था गरिएको रिट निवेदनमा उल्लेख छ ।

‘सरकारले हाम्रा माग सम्बोधन गर्न उदासीनता देखाएकाले हामी सम्मानित अदालतसमक्ष रिट निवेदन दायर गर्न आएका हौँ । हामी बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा २ को परिभाषा भित्र पर्ने माओवादी पिडित हौँ ‘, रिटमा भनिएको छ, ‘न्यायिक अभियानको दौरानमा पिडकको पहिचान गर्न कठिनाई भइरहेको थियो ।

तर मिति २०७६ माघ १ गतेका दिन काठमाडौंको खुलामन्चमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै विपक्षी पुष्पकमल दाहाल प्रचण्डले द्वन्द्वकालमा नेकपा माओवादिबाट मारिएका/हत्या गरिएका ५ हजार व्यक्तिको जिम्मा लिए । बाँकी १२ हजार व्यक्तिको जिम्मा तत्कालीन राज्यपक्षले लिनुपर्ने जिकिर गरे । स्मरण रहोस् द्वन्द्वको सुरुवात नेकपा माओवादीले गरेको थियो । तसर्थ द्वन्द्वकालमा भएका सम्पूर्ण धनजन क्षतिको जिम्मा पुष्पकमल दाहालले नै लिनुपर्छ ।’

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलवार १६:२४