४ पुष २०८२, शुक्रबार | Fri Dec 19 2025

मंगलबार यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

२३ फागुन, काठमाडौं । साताको दोस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.४१ अकंले बढेर १९५२.६६ बिन्दुमा बन्द भएको छ । आज २६१ कम्पनीको ४० लाख ५९ हजार १४९ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब २० करोड ४४ लाख ९ हजार ४११ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको सेयर १२ करोड ७ लाख ८५ हजार रुपैयाँको कारोबार भएको हो ।

साथै, हिमालयन डिष्टिलरीको ९ करोड ३९ लाख रुपैयाँ, छिमेक लघुवित्तको ५ करोड ४५ लाख रुपैयाँ, शिवम सिमेन्टको ३ करोड ११ लाख रुपैयाँ र एनआइसी एशिया बैंकको ३ करोड २ लाख रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलवार १५:१९