७ असार २०८३, आइतबार | Sun Jun 21 2026

जन्मदिनको अवसरमा प्रभु लाइफको जीवन बीमा पोलिसी उपहार

२३ फागुन, काठमाडाैं । अनावश्यक खर्चहरुलाई घटाइ विभिन्न उत्सवहरुमा बीमा पोलिसी उपहार स्वरुप प्रदान गर्ने क्रम पछिल्लो समयमा बढ्दै गएको छ ।

यसैक्रममा ललितपुर धापाखेल निवासी सानु थापा मगरले विपना थापा मगरलाई जन्मदिनको अवसर पारेर रु. २५ लाखको समृद्ध जीवन बीमा पोलीसी उपहार स्वरुप दिएका हुन् । उक्त बीमामा दुर्घटना लाभ, अशक्तता सुविधा, प्राणघातक रोगको विरुद्ध रक्षावरण सुविधा समेत समावेश गरिएको छ ।

प्रभु लाइफ पाटन शाखामा सम्पन्न कार्यक्रममा बागमति प्रदेश प्रमुख मदन विष्टले जीवन बीमाको महत्व दर्साउँदै बीमाको आवश्यकता बुझि प्रभु लाइफलाई विश्वास गरी पोलिसि लिएकोमा मगर दम्पतिलाई बधाई एवम् धन्यवाद ज्ञापन गरे ।

पाटन शाखाका एजेन्सी म्यानेजर विजय कुमार राईको मुख्य संयोजनमा सम्पन्न कार्यक्रममा चेयरम्यान क्लब मेम्बर तथा MDRT श्याम चौलागाई, एजेन्सी अफिसर गोविन्द खड्का तथा शाखा प्रमुख प्रकाश अधिकारी सहित शाखामा कार्यरत अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : March 7, 2023 at 1:36 pm