१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

समयका कारण जेल परेँ, मेरा लागि अरूलाई गाली नगरिदिनुस् अभिनेता पल शाह


२२ फागुन, काठमाडौं । अभिनेता पल शाहले फागुपूर्णिमाको अवसर पारेर सामाजिक सञ्जाल मार्फत मुख खोलेका छन । परिवारका सदस्यसहितकाे फागु खेलेकाे तस्बिर सार्वजनिक गर्दै शाहले आफू पुरानै पेशाकाे संघर्षमा फर्किने बताएका छन ।

एक वर्षे जेल जीवन बिताएर फागनु १५ मा मुक्त भएका शाहले सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत एक वर्षको अवधिमा जोडिएका सम्पूर्णमा सम्मान र सद्भाव रहने बताएका हुन ।

उनले नामै नलिई समिक्षाका कारण भन्दा पनि आफू समयका कारण जेलमा पुगेको बताएका छन । उनले जेलबाट निस्कदाँ स्वागतमा निस्किएको हजारौँको भिडबाट आफू नमात्तिएको बताएका छन ।

यस्तो छ पलको टिप्पणी

नमस्कार सबैजनालाई 🙏

सिकाई जीवनभर अनवरत चलिरहने प्रक्रिया हो।
बितेको एक वर्षलाई मैले सिकाईको उर्बर समयको रुपमा लिएको छु। मनमा न कसैप्रति रिस बाँकी छ न त कुनै प्रतिशोधको भावना। छ त केबल आफ्नो कर्मलाई तिखार्ने र दर्शकको अपेक्षालाई पुरा गर्ने एउटै लक्ष्य।
साथै मेरो बितेको एक बर्षको त्यो घटनासंग जोडीएका सम्पूर्ण ब्यक्तित्वहरुमा मेरो सदा सम्मान र सद्भाभ।
र यहाँ कोही कसैको दोष नभएर समयको दोष थियो त्यसैले मेरो अनुरोध, कसैलाई गाली गलौच र नराम्रो ब्यबहार नगरीदीनुहोला। उहाँहरुसंग फेरी सहकार्य गर्ने वातावरण मिलोस । त्यसैले सम्मानित अदालतको निर्णयलाई सम्मान गर्दै म फेरी पुरानै संघर्षशील दैनिकीमा फर्किएको छु। मेरो स्वागतमा परिवार, आफन्त, साथीभाइ मात्र होइन हजारौं दर्शकको भिड देख्दा म मात्तिएको छैन। बरु यो शुभेच्छाले मलाई थप जिम्मेवार बनाएको छ।त्यसैले सम्पूर्ण भगवान रुपी प्रिय शुभेच्छुकहरुलाई मनदेखि आभार प्रकट गर्दछु।

रङ्गिन र सुखमय होस जीवन१
होलीको शुभकामना सम्पुर्णमा १❤️

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार २०:२२

https://srdb.com.np/