१६ जेष्ठ २०८१, बुधबार | Wed May 29 2024

अब गाइड बिना विदेशी पर्यटक ट्रेकिङमा जान पाउँदैनन्ः उपाध्यक्ष रिजाल (भिडियो)


२० फागुन, काठमाडौँ । नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले अब गाइड बिना विदेशी पर्यटक ट्रेकिङमा जान नपाउने बताएका छन । दैनिकीसँग कुरा गर्दै उपाध्यक्ष रिजालले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले बिना गाइड ट्रेकिङमा जान नपाउने निर्णय भएको जानकारी दिए । उनले यस निर्णय १ अप्रिल २०२३ देखि लागु हुने जानकारी दिए ।

उनले बोर्डको यस निर्णयबाट २० हजार भन्दा बढी रोजगारी सिर्जना हुने बताए । उाध्यक्ष रिजालले नेपालको ट्रेकिङ सुरक्षित, भरपर्दो र व्यवस्थित गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको बताए । पर्यटन व्यवसायी र पर्यटन मजदुरहरूको माग अनुसार बोर्डले यस्तो निर्णय गरेको हो ।

कोरोनाको प्रभाव भन्दा अघि नेपालमा एकै वर्ष ४६ हजार पर्यटक व्यक्तिगत रूपमा नेपाल घुम्न आएका थिए । सन् २०२२ मा १९ हजार चार सय २५ पर्यटकले गाइड बिनै ट्रेकिङ गरेका थिए । रिजालसँगको कुराकानी तल हेर्न र सुन्न सक्नहुन्छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार १३:१९