१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

राष्ट्रिय परिचयपत्रका आधारमा राष्ट्रपतिलाई भोट हाल्न पाउने

१९ फागुन, काठमाडाैं । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनमा अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताहरूले राष्ट्रिय परिचयपत्रका आधारमा पनि भोट हाल्ने पाउने भएका छन् । आयोगले आज एक विज्ञप्ति जारी गर्दै उक्त विषयमा जानकारी दिएको हो।

मतदाता परिचयपत्र, संसद् सचिवालयको परिचय पत्र, सांसद निर्वाचित प्रमाणपत्र, राष्ट्रिय परिचयपत्रमध्ये एक कागजात भएका मतदाताले मतदान गर्न पाउने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

“निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा सम्बन्धित संसद् सचिवालयबाट जारी भएको परिचयपत्र वा निर्वाचन अधिकृतबाट सम्बन्धित सभाको सदस्यमा निर्वाचित हुँदा उपलब्ध गराइएको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्रका आधारमा मतदान गर्ने व्यवस्था आयोगले गरेको छ ” आयोगली जारी गरेको विज्ञप्तिमा भनिएको छ ।  यही फागुन २५ गते राष्ट्रपतिको र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार १७:०३