१ पुष २०८२, मंगलवार | Wed Dec 17 2025

युनाइटेड मोदी हाइड्रोपावरले विद्युत नियमन आयोगबाट पायो लाभांश वितरण गर्ने अनुमति

१८ फागुन, काठमाडाैं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले लाभांश वितरण गर्न विद्युत नियमन आयोगबाट अनुमति पाएको छ। कम्पनीले आर्थिक वर्ष २०७८/७९ काे मुनाफाबाट हाल कायम चुक्तापुँजीको ७ प्रतिशत बोनस सेयर र ०.३६८ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरी कुल ७.३६८ प्रतिशत लाभांश वितरण गर्न विद्युत नियमन आयोगबाट अनुमति पाएको हाे ।

अब यो हाइड्रोपावर कम्पनीले आगामी वार्षिक साधारणसभाबाट लाभांश पारित गरी सेयरधनीहरुलाई वितरण गर्नेछ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार १०:५९