१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

चलचित्र पत्रकार संंघको अध्यक्षमा समिरको शान्दार जित


१८ फागुन, काठमाडौँ । चलचित्र पत्रकार संघको अध्यक्षमा समिर बलामीले शान्दार जित निकालेका छन । बुधबार राजधानीमा सम्पन्न संघको २३औं वार्षिक साधारण सभा तथा नवौं केन्द्रीय महाधिवेशनबाट चलचित्र पत्रकारहरुको छाता संस्था चलचित्र पत्रकार संघ नेपालले आगामी तीन वर्षका लागि समिर बलामीको अध्यक्षतामा नयाँ नेतृत्व पाएको छ ।

समिरसँग नेपाली कांग्रेस निकटका राजन घिमिरेले प्रतिस्पर्धा गरेका थिए । उनी १७ मतान्तरमा पराजित भए । समिरका विरूद्धमा प्रोपोगाण्डा सहित अनेक भ्रम सिर्जना गरेर उम्मेदवारी खारेज गराउन नेपाल पत्रकार महासंघको दुरूपयोग गर्न खोजे पनि ती सबै प्रयास असफल पार्दै बलामी नेतृत्वमा पुगेका हुन । निर्वाचनमा पराजित भएपछि करिक एक दर्जन कांग्रेस निकटका पत्रकारले राजिनामाको तयारी गरे पनि अहिलेसम्म औपचारिक रूपमा बाहिर आएको छैन ।

कार्यसमितिको उपाध्यक्ष (संगठन)तर्फ विजय सुवेदी (आवाज), उपाध्यक्ष (कार्यक्रम)तर्फ कुबेर गिरी र उपाध्यक्ष महिलामा सुरक्षा भट्टराई विजयी भएका छन । महासचिवमा बलामी निकटकै रघुनाथ सापकोटाविजयी भएका छन । उनले प्रदीप कार्कीलाई पराजित गरे ।

सचिवमा नविन गिरी, समावेशी सचिवमा उद्धव रसाइली र कोषाध्यक्षमा मनिष कार्की विजयी हुँदा सह-कोषाध्यक्षमा मनिष अन्जान दाहाल निर्विरोध निर्वाचित भए । समावेशी सदस्यमा महमद जलिम निर्विरोध निर्वाचित हुँदा महिला सदस्यमा सुष्माश्री कार्कीले ठूलो मतान्तरसहित विजयी हासिल गरिन् ।

सदस्य खुल्लातर्फ अनुप भट्टराई, अर्जुन गुरागाई, सुरेन्द्र थापा, निशा बजगाई, सिपी जैसी र कृष्ण पाण्डे विजयी भएका छन् । अध्यक्षमा निर्वाचित भएपछि बलामीले चलचित्र पत्रकारितामा धेरै चुनौती रहेकाले त्यसलाई छिर्न सक्ने गरि नयाँ नेतृत्वले काम गर्ने बताएका छन् । तीन वर्षमा संघले चलचित्र पत्रकारहरुको हकहित र क्षमता अभिवृद्धिमा उल्लेख्य कामहरु गर्ने उनको भनाई छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार १०:५६

https://srdb.com.np/