१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

गरिमा विकास बैंकको ८ लाख ४९ हजार कित्ता सेयर बिक्रीमा, क -कसले पाउछन् आवेदन दिन ?


१७ फागुन, काठमाडौं । गरिमा विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको ८ लाख ४९ हजार १९६.७७ कित्ता संस्थापक सेयर बिक्रीका लागि  निवेदन दिएकाे हुँनाले उक्त सेयर बिक्री गर्न लागेकाे बैंकले जनाएकाे छ ।

उक्त सेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी बैंकको प्रधान कार्यालय लाजिम्पाट, काठमाडौंमा आवेदन दिन सकिनेछ ।

साथै, तोकिएकाे समय अवधिभित्र बैंकका संस्थापक सेयरधनीहरूबाट सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त सेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार १६:१३

https://srdb.com.np/