१ पुष २०८२, मंगलवार | Tue Dec 16 2025

नयाँ कार्यसमिति चयन गर्न डेभलपमेन्ट बैंकर्स एसोसिएसनले बाेलायाे साधारणसभा

१७ फागुन, काठमाडाैं । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालले वार्षिक साधारणसभा बाेलाएकाे छ । एसोसिएसनको कार्य समितिको बैठककाे निर्णयअनुसार १७ औँ वार्षिक साधारणसभा चैत ३ गते चितवन नेसनल पार्कस्थित होटेल मेघौलीसराई, ताज सफारीमा दिउँसो १ बजेबाट सुरु हुनेछ।

सभाले आगामी २ वर्ष कार्यकालका लागि नयाँ कार्यसमितिका पदाधिकारी चयन गर्नेछ। साथै, सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्ने, चालु आर्थिक वर्ष २०७९/८०का लागि लेखापरीक्षक नियुक्त गर्ने, निजको पारिश्रमिक निर्धारण गर्ने र अनुमानित आय–व्याय पारित गर्ने र विधान संशोधन गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार १०:४८