नेप्सेमा एक कम्पनीको मूल्य समायोजन, कतिमा खुल्छ काराेबार ?
१६ फागुन, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लक्ष्मी लघुवित्त वित्तिय संस्थाको मूल्य समायोजन भएकाे छ । कम्पनीले बोनस सेयर वितरणका लागि बुक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरेको हो ।
नेप्सेमा लघुवित्तको १७ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ८२४ रुपैंया ३५ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ९४८ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा अब भोली फागुन १७ गते बुधबारदेखि सेयरबजारमा कारोबार खुल्नेछ ।
प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलवार १६:४३












