आइएमई पे र सिटी एक्स्प्रेसबीच सम्झौता
१६ फागुन, काठमाडाैं । आइएमई पे र सिटी एक्स्प्रेसबीच सम्झौता भएको छ। सम्झौताअनुसार विदेशबाट पठाइएको रेमिट्यान्स अब ग्राहकले सीधै आइएमई पे वालेटबाट दाबी गरी पाउन सक्नेछन्।
सम्झौता ग्राहकलाई सहज तरिकाले आफ्नो विदेशमा रहेका परिवार तथा मित्रहरुले पठाएको रकम झन्झट बिना प्राप्त गर्न मिल्ने उद्देश्यका साथ गरिएको कम्पनीले जनाएको छ। यो सुविधा केही समयपश्चात लाइभ हुनेछ र लागू गरेपश्चात ग्राहकले रेमिट्यान्स वालेटमै प्राप्त गर्न सक्नेछन्।
प्रकाशित मिति : February 28, 2023 at 4:03 pm









