९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

बीमितले दाबी गर्दैमा अजोडले भुक्तानी दिँदैनः प्रमुख कार्यकारी अधिकृत खत्री

-प्रतिमा मुडभरी

१६ फागुन, काठमाडौँ । अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले बीमितले दाबी गर्दैमा भुक्तानी नपाउने बताएका छन । दैनिकीसँग कुरा गर्दै खत्रीले बीमितको दाबीको आधारमा अजोडले भुक्तानी दिन नसक्ने बताए । उनले खर्चको बिबरण जस्तिफाइ नभइ भुक्तानी नहुने बताए ।

बीमा बेच्ने तर दाबी भुक्तानी नदिनेमा अग्रणी बनेको अजोडले आफ्नो विशेषतामा ईट्टा थप्दै लगेको छ । अजोडमा इन्स्योरेन्स गरेकाहरू हजारौँले पश्चाताम गरिरहेको समयमा अजोडका प्रमुख कार्यकारी अधिकृतले नै बीमितले दाबी गरेपनि भुक्तानी दिन नसकिने बताएका हुन । कोरोना बीमाका नाममा पोलिसी बेचेर बीमितलाई दाबी भुक्तानी दिने बेलामा सरकारतिर औँला देखाउने अजोडले चितवनको एक बीमितलाई ठगी गरेको विषयमा दैनिकीले चासो राख्दा प्रमुख कार्यकारी अधिकृत खत्रीले यस्तो बताएका हुन ।

समाचारको खण्डन नछापिए बीमितको भुक्तानी रोकिन्छ 

प्रमुख कार्यकारी अधिकृत खत्रीले बीमित ठगिएको समाचारका बारेमा सञ्चारमाध्यमले खण्डन नछापे बीमितले आधा भुक्तानी पनि नपाउने बताए । उनले पोलिसीको बारेमा जानकारी नै नलिइ समाचार लेखको आरोप लगाउँदै अब बीमतलाई भुक्तानी नदिने बताए । निकै चर्को स्वरमा प्रस्तुत भएका खत्रीले बीमितको भुक्तानी दिनैपर्छ भन्ने कुनै बाध्यता नरहेको आशय प्रकट गरे ।

उपचारको बिल समावेश पर्दा पनि पैसा दिएनः पीडित 

अजोड इन्स्योरेन्सबाट पीडित बनेका चितवनका रामप्रसाद भट्ट उपचारको बिल समावेश गर्दा पनि उपचार खर्च नदिएको बताउँछन । उनले दुर्घटनामा परेर दुईवटा शल्यक्रिया गरेका थिए । दुई वटा शल्यक्रिया गर्नुपर्ने भएपछि अस्पतालले केही समय घर पठाएर फेरि बोलाएर शल्यक्रिया गरेको थियो ।

सो अनुसारको सम्पूर्ण बिलसहितल भुक्तानीका लागि दाबी गर्दा पनि अजोडले नदिएको बताए । अजोडले पछिल्लो पटक बीमा भुक्तानीका बारेमा मिडियालाई सूचना दिएको भन्दै निर्णय भएको भुक्तानी समेत रकेरे जेसक्छस गर भनेर धम्कीपूर्ण भाषा प्रयोग गरेको पीडितले बताए ।

अजोड इन्स्योरेन्स कम्पनीको बेजोडको ठगी, पीडित भन्छनः बीमा अघि सोच्नुहुोस्

भएको के थियो ? 

चितवनका रामप्रसाद भट्ट र दिपेन्द्रप्रसाद भट्टको उपचार खर्चको भुक्तानीमा अजोडले ठगी गरेको हो । अजोडले दिपेन्द्रको बिल अनुसारनै भुक्तानी गरेको छ भने रामप्रसादको २ लाख ३२ हजार ५ सय ६२ रूपैयाँ भुक्तानीको दाबी गरिएकोमा १ लाख ५० हजार रूपैयाँमात्र भुक्तानी दिएको छ । दुर्घटनामा परेर अजोड मार्फत पीडित बनेका रामप्रसाद भट्टले दैनिकीसँग कुरा गर्दै आफूले माग दाबी अनुसारको पैसा माग्दा अजोड कुनै कारणबिनै यो भन्दा बढी भुक्तानी दिन मिल्दैन भन्दै फिर्ता गरेको जनाए । उनले आफ्नो उपचारमा लागेको खर्चको बिल अनुसार भुक्तानीका लागि पटक पटक अनुरोध गरेको भए पनि अजोडले नमानेको बताए ।

अजोडले यात्रुको दुर्घटनाको औषधोपचार वापत तीन लाख रूपैयाँ, सवारी मर्मतको १५ हजार रूपैयाँ र दुर्घटनामा परेका चालकको औषधोपचारमा १ लाख ५० हजार गरी कुल चार लाख ६५ हजार रूपैयाँ भुक्तानी दिएको छ । भुक्तानी किन कम भनेर हामीले अजोडका सूचना अधिकारी प्रेमराज पाण्डेसँग जवाफ माग्दा उनले आफूले यस्तो कुरा नजान्ने तर भुक्तानी बीमाको नीति अनुसारनै हुनुपर्ने बताए । उनले उपचार खर्च वापत अधिकतम तीन लाख रूपैयाँ दिने बीमाको नीतिनै रहेको पनि बताए ।

तर अजोडले भने रामप्रसादलाई दाबी अुनसारको भुक्तानी दिएन । अजोडले मोटरसाइकल मर्मतमा ३८ हजार ४८८ रूपैयाँ खर्च भएकोमा जम्मा १५ हजार रूपैयाँमात्र भुक्तानी दिएको छ । बीमा बिक्री गर्ने बेलामा अनेक आश्वासन र भ्रम दिने तर बीमाको दाबी गर्दा खर्च भएको बिल अनुसार पनि भुक्तानी गर्न अजोडले आनाकानी गरेको हो । यस घटनामा मूल्य भन्दा पनि अजोडको नियत खराब देखिएको छ । उसले आफूले बिक्री गरेको पोलिसी अनुसारको दाबी भुक्तानी गर्न मानेको झण्डट र दाबी अनुसार पनि भुक्तानी नपाएपछि रामप्रसादले भोलिको दिनमा भुलेर पनि अजोड इन्स्योरेन्ससँग कुनै काम नगर्ने बताए । उनले अजोडले बीमतलाई राहत भन्दा बढी ठगेको बताए ।

यस्तो थियो दुर्घटना

२०७८ मंसिर २० गते मध्यान्ह १२ बजे पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १२ मा रहेको भारतीय महावाणिज्य दूतावास कार्यालय अघि वीर बागमती प्रदेश ०-३-००४ प ८३५५ नम्बरको १५० सीसीको कालो पल्सरलाइ सोही दिशाबाट आएको नम्बर नखुलेको केटिएम मोटरसाइकलले पछाडीबाट ठक्कर दिँदा मोटरसाइकलका चालक साविक गोरखा जिल्ला तान्द्राङ गाविस वडा नम्बर ६ हाल चिवतन जिल्लाको रत्ननगर नगरपालिका वडा नम्बर ३ बस्ने रामप्रसाद भट्ट र यात्रु सोही ठेगानाका दिपेन्द्रप्रसाद भट्टकाे यातायात कार्यालय वीरगञ्जबाट घण्टाघरतर्फ जानेक्रममा दुर्घटना भएको थियो ।

उनीहरूको नारायणी अस्पताल वीरगञ्जमा प्रारम्भिक उपचारपछि अलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टर भरतपुरमा उपचार गरेका थिए । उपचारका लागि भरतपुरमा राखिएपछि बीमितको तर्फबाट प्रदिप घिमिरेले अजोडको कार्यालयमा निवेदन नै लेखेर जानकारी गराइदिएका थिए । त्यसपछि सम्पूर्ण बिलसहित अजोडमा भुक्तानीका लागि दाबी पेश गरिएको रामप्रसाद भट्ट बताउँछन । तर लामो समय लगाएर बल्लतल्ल दिएको पैसामा पनि बीमाको नियम अनुसार भुक्तानी दिन अजोडले अस्वीकार गरेको छ ।

दुर्घटनामा परेका बीमितको खर्चमा यसरी हुन्छ दाबी भुक्तानी

यात्रुहरुको प्रति यात्री सिट बीमाङ्क रकम पाँच लाख रुपैयाँ तोकेको हुन्छ । दुर्घटनामा परि यात्रुको मृत्यु भएमा सोहि बीमाङ रकमको सीमाभित्र रहि किरिया खर्च समेत उपलब्ध गराउने प्रचलन छ । जसमा तेस्रो पक्षको मृत्यु भएमा वा चालक, यात्रु, परिचालक, हेल्परको मृत्यु भएमा किरिया खर्च बापत प्रति व्यक्ति ५० हजार रुपैयाँ तोकिएको छ । तेस्रो पक्षको दुर्घटनाबाट मृत्यु भएमा बीमाङ्क पाँच लाख रुपैयाँ तोकेको छ । साथै घाइते भएमा उपचार बापत ३ लाख रुपैयाँ औषधि उपचारका लागि प्रदान गरिन्छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलवार १५:४९