१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

मर्नका लागि नदीमा हामफालेका युवालाई सशस्त्र प्रहरीले बचायो

१६ फागुन, काठमाडाैँ । सशस्त्र प्रहरीले मर्नका लागि नारायणी नदीमा मर्नका लागि हामफालेका एक युवाको सकुशल उद्वार गरी बचाएको छ ।चितवन जिल्लाको भरतपुर महानगरपालिका ३ पुल्चोकस्थित पुलबाट फागुन १५ गते बेलुका नारायणी नदिमा हाम फालेका एक जनाको सशस्त्र प्रहरीले तत्कालै सकुशल उद्धार गरेको सशस्त्रका सहायक प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले दैनिकीलाई जानकारी दिए ।

चितवनकै जिल्लाको खैरहनी नगरपालिका ९ बस्ने २० वर्षिय मनिष महतो नदीमा हाम फालेको सशस्त्रले जनाएको छ । घटनाको जनाकारी पाए लगत्तै नारयणी किनारमा गोताखोर सहित तैनाथ सशस्त्र प्रहरी बल नेपाल ईमिडियट रेस्पोन्स टिम (आईआरटी) पोष्ट पुल्चोकले उनलाई घटनास्थल भन्दा करीव १ किलोमिटर तल नदीको बीचबाट जिवितै उद्धार गरेको हो । उद्धार पश्चात उनलाई उपचारको लागि स्थानीय अस्पतालमा पठाइएको छ ।

गोताखोरले भेट्टायो शव

तनहुँ जिल्लाकोे आबुखैरेनी गाउँपालिका ४ स्थित मस्र्याङ्दीमा नदिमा बेपत्ता भएका मदन घिमिरेको शव सशस्त्र प्रहरीको गोताखोरले फागुन १६ गते फेला पारेको छ । सोही जिल्लाको आँबुखैरेनी गाउँपालिका ३ बस्ने ३६ वर्षिय घिमिरे यही फागुन १२ गतेदेखि सम्पर्क विहिन रहेको थिए ।

उनले प्रयोग गरेको स्कुटर तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका डम्पिङस्थित मस्र्याङ्दी नदिको किनारामा रोकी राखेको अवस्थामा फेला परेपछि उनी हराएको आशंका गरिएको थियो ।

सो बारे जानकारी प्राप्त भएपश्चात सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोलीले खोजी कार्य गर्दा उनको शव झोलुङ्गे पुल मुनि पानिभित्र फेला पारी बाहिर निकालेको हो । उनको शव पोष्टमार्टमको लागि स्थानीय प्रहरीलाई बुझाईएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलवार १५:०७