२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

महिला अगुवाहरुको प्रेरणादायी प्रवचनका साथमा मनाईयो `सनसाइन डे´

१६ फागुन, एडिलेड । एडिलेड नेप्लिज क्रिकेट एसोसियसन(एन्का)को `सनसाइन डे´ को सन्दर्भमा एक प्रवचन सम्पन्न गरेको छ । खेलाडी सहित समुदायका सदस्यहरुको उत्प्रेरणाका लागि तिन अगुवाहरुको जिवनको भोगाई सुनाएका थिए । लिभबिलिटी केयर अष्ट्रेलियासँगको सहकार्यमा प्रेरणादायी महिलाहरुको कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमकी प्रमुख वक्ता अष्ट्रेलियन पारा ओलम्पियन क्ट्रीना ओएभ जो विगत सात वर्षमा १२ पटक नेपाल भ्रमण समेत गरेकी छिन् । उनले सहभागीहरुलाई आफ्नो जिवनमा विभिन्न देशका महिला संगको छलफलका अनुभव प्रस्तुत गर्दै नेतृत्व विकास र संस्कृतिका वारेमा धारणा राखेकी थिईन् ।

त्यसै गरि अर्की बक्ता अष्ट्रेलियाका आदिवासीको अधिकारकर्मी ट्यामी ब्रूक्सले अष्ट्रेलियाका आदिवासीहरुको अवस्था र आफ्नो भोगाईलाई प्रस्तुत गर्दै अगाडि बढ्दा आफुलाई विश्वास गरेर अगाडि बढ्न आग्रह गरिन । उनले आफ्नो संस्कृतिमा गर्व गर्न र एक अर्काका सहयोगी भएर बढेमा लक्ष्य पुग्न सक्ने समेत बताईन् । एनआरएनए साउथ अष्ट्रेलियाकी संयोजक तथा म्यारियन काउन्सिलकी काउन्सिलर रेनुका लामाले नेपालमा आफ्नी आमाको समाज सेवाबाट प्रभावित भएर समाज सेवामा लागेको बताउदै नेपाली देखि काउन्सिलर बन्दा सम्मका यात्राका अनुभव साझा गरेकी थिईन् ।

एन्काका पव्लिक रिलेशन अफिसर दिपक क्षेत्रीले कार्यक्रम संचालन गर्दै आइतवारको विहानी अगुवा महिलाहरुको मन्तव्यबाट प्रेरणादायी विहानी भएको बताए । कार्यक्रमको समापन गर्दै एन्का उपाध्यक्ष डोल्कर गुरुङले कार्यक्रमको उद्देश्य विभिन्न पृष्ठभूमिका अगुवाहरुका कुरा सुनेर राम्रो जीवन र नेतृत्वको लागि जीवनलाई फरक दृष्टिकोणबाट हेर्नको लागि प्रत्येक सहभागीलाई फाइदा पुर्याएको विश्वास गरिएको गर्दै सहयोगी तथा सहभागीहरु सबैलाई धन्यवाद व्यक्त गरेकी थिईन ।

के हो सनसाइन डे –

एडिलेड नेप्लिज क्रिकेट एसोसियसन(एन्का) अन्तरगत महिला टिमको नाम हो सनसाइन । एन्का अध्यक्ष विजय जोशीका अनुसार एन्काले खास गरि महिला खेलाडीलाई खेल प्रति उत्प्रेरणा जगाउन र सबै महिलाहरुलाई पनि समाजको विभिन्न क्षेत्रमा अगाडि बढेर नेतृत्व विकासमा सहयोग पुगोस भनेर सनसाइन डे को थालनी गरिएको बताए । उनले एन्काले खेलकुदको माध्यमबाट महिला सशक्तिकरणमा जोड दिएको वताउनु भयो । जोशीले पहिलो कार्यक्रमको प्रस्तोता तथा सहभागीबाट निकै सकारात्मक प्रतिक्रिया पाएको वताए।

प्रकाशित मिति : February 28, 2023 at 12:32 pm