७ असार २०८३, आइतबार | Sun Jun 21 2026

प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश संशोधन, अब बोनस र नगद कति ?

१६ फागुन, काठमाडाैं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडकाे लाभांश  संशोधन भएकाे छ । नेपाल बीमा प्राधिकरणको निर्देशनपछि  कम्पनीले आर्थिक वर्ष २०७८/७९ को लागि प्रस्तावित लाभांश संशोधन गरेको हाे ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ६.५ प्रतिशत सेयर र र प्रयोजनार्थ ०.३४२ प्रतिशत नगद लाभांश गरी कुल ६.८४२ प्रतिशत लाभांश प्रस्ताव गरी स्वीकृतिका लागि बीमा प्राधिकरणमा पेस गरेको थियो। प्राधिकरणले उक्त लाभांशमा संशोधन गर्न निर्देशन दिएसँगै अब कम्पनीले चुक्तापुँजीकाे ३.३२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.१७५ प्रतिशत नगद लाभांश  गरी कुल ३.५ प्रतिशत लाभांश वितरण गर्ने छन् ।

प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : February 28, 2023 at 10:56 am