२९ मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

नेप्सेमा दुई कम्पनीकाे मूल्य समायोजन, मंगलबार कतिमा खुल्छ काराेबार ?

१५ फागुन, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई लघुवित्त कम्पनीको सेयरमूल्य समायोजन भएकाे छ । नेप्सेमा आदर्श लघुवित्त र ग्लोबल आइएमई लघुवित्तको सेयरमूल्य समायोजन भएकाे हाे । यी कम्पनीले बोनस सेयर वितरणका लागि बुक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरेको हो ।

१) आदर्श लघुवित्त

नेप्सेले आदर्श लघुवित्तको २० प्रतिशत बोनस सेयरपछि  प्रतिकित्ता १३७५ रुपैंया हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य १६५० रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ ।

२) ग्लोबल आइएमई लघुवित्त

नेप्सेले ग्लोबल आइएमई लघुवित्तको १२ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ८९५ रूपैयाँ ९८ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य १ हजार ३ रुपैंया ५० पैसाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा अब भाेलि मंगलबार सेयरबजारमा कारोबार खुल्नेछ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार १६:३६