२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

घटेकाे बजारमा साेमबार यी कम्पनीकाे भयाे सर्वाधिक काराेबार

१५ फागुन, काठमाडाैं । एमालेले सरकार छोड्ने निर्णय गरेसँगै नेपाली धितोपत्रको दोस्रो बजार प्रभावित भएको छ। आज बिहान बसेको सचिवालयको बैठकले नेकपा एमालेले सरकार छोड्ने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको थियो।

उक्त निर्णयसँग साताकाे पहिलाे काराेबारकाे दिन सुधार देखिएकाे सेयर बजार दाेस्राे काराेबारकाे दिन साेमबार ओरालो लागेकाे छ । नेपाल राष्ट्र बैंकले लघुवित्तलाई कडाई गर्ने निर्देशनले ओरालो लागेको नेप्सेलाई एमाले बाहिरीने समाचारले झन् प्रभाव पारेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ३.६५ अंकले घटेर २०२३.५४ बिन्दुमा बन्द भएको छ ।

आज २५९ कम्पनीको ५१ लाख २० हजार ८८८ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ८९ करोड ३७ लाख ३६ हजार ३६५ रुपैयाँको कारोबार भएको छ । आज हिमालयन डिष्टिलरीको सर्वाधिक काराेबार भएकाे छ । कम्पनिकाे यस दिन ६ करोड ६८ लाख रुपैयाँमाथिको कारोबार भएको हाे ।

त्यस्तै, एनआइसी एशिया बैंकको ५ करोड ८ लाख, अरुण भ्याली हाइड्रोपावरको ४ करोड ७८ लाख, शिवम् सिमेन्ट्सको ३ करोड ६३ लाख र अपि पावर कम्पनीको ३ करोड ६३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार १५:१३