६ बैशाख २०८३, आइतबार | Sun Apr 19 2026

कांग्रेसले सातै प्रदेशमा चुनावी समीक्षा गर्ने, खटायो संयोजक

१७ चैत, काठमाडाैं । नेपाली कांग्रेसले सातै प्रदेशमा चुनावी समीक्षा गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यसमितिको निर्णय अनुसार चुनावी समीक्षासहित आगामी राजनीतिक रणनीति तय गर्न सातै प्रदेशमा समीक्षा कार्यक्रम गर्न लागेको हो।

केन्द्रीय कार्यसमितिको चैत्र १० र ११ गते सम्पन्न बैठकको निर्णयानुसार निर्वाचन समीक्षा र कांग्रेसको अबको बाटो सन्दर्भमा ७ वटै प्रदेशमा समीक्षा बैठक हुन लागेको महामन्त्री प्रदीप पौडेल बताउनुभयाे ।

कांग्रेसको तर्फबाट १६५ वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरूसँग निर्वाचन समीक्षात्मक छलफल र केन्द्रीय प्रतिनिधिको उपस्थितिमा १६५ वटै क्षेत्रमा क्षेत्रगत अध्ययन र समीक्षा गरिने कांग्रेसले जनाएको छ। यसका लागि सातै प्रदेशमा संयोजक तोकिएका छन्।

प्रकाशित मिति : 17:39