२५ बैशाख २०८१, मंगलवार | Tue May 7 2024

लगातार घट्दै सुनको मूल्य, कतिमा हुँदै छ काराेबार ?


१५ फागुन, काठमाडाैं । साताकाे दाेस्राे काराेबारकाे दिन साेमबार पनि नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १ हजार ३०० रुपैयाँमा काराेबार भएकाे छ ।

आइतबार पनि सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख २ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार २५५ रुपैयाँ काराेबारभएको छ। आइतबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १ हजार २६० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार १०:५९